
काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दाको फाइनल बहस सुरु भएपनि मुद्दाले निरन्तरता पाउन सकेन। काठमाडौं जिल्ला अदालतमा बिहीबार न्यायाधिश शकुन्तला कार्कीको इजलामा तेस्रो नम्बरमा परेपछि ४ घन्टा बढी बादी पक्षको बहस सुनेपछि उनले मुद्दालाई हेर्दा हेर्दैमा नराखि पुन पुरानै प्नमाणहरु तर्फ मुद्दा फर्काइन।
दिनभर वादी पक्षको बहस पछि उनले जन्ममिती र बसाँइसराइको कागजात प्रमाणीकरणको आदेश दिएसँगै यो मुद्दा पुन धकेलिएको छ।सामान्यतया मुद्दाको फैसला बहस प्रारम्भ भइसकेपछि त्यस दिन नटुंगिए हेर्दाहेर्दैमा राख्ने प्रचलन हुन्छ । तर, न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी जन्मदर्ता र बसाइसराइको अभिलेख प्नमाण बुझन आदेश दिएकी छिन्।
यसअघि गत ११ वैशाखमा पनि न्यायाधीश दीपक ढकालको इजालासमा सरकारी पक्षका वकिलहरुले ४ घण्टा बढी बहस गरिसकेका थिए। तर न्यायाधीशले इजालासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिने आम प्रचलन रहे पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखेर हेर्न नभ्याइने आदेश गरेपछि बहस अर्थहीन भएको थियो।