आरती साहले न्याय नपाएपछि कपाल मुण्डन (तस्बिरसहित)

आरती साहले न्याय नपाएपछि कपाल मुण्डन (तस्बिरसहित)
+
-

काठमाडौं- आरती साहले न्याय नपाएको विरोधमा उनका परिवारसहित  केही युवाहरूले कपाल मुन्डन गरेका छन्।

सरकार अन्धो र बहिरो भएको भन्दै ११ जनाले कपाल मुन्डन गरेका हुन्।

हिन्दु धर्मअनुसार मरिसकेको मान्छेको श्राद्ध गर्ने परम्पराअनुसार शुक्रबार बिहान माइतीघरमै परिवार सहित युवाहरूले आफ्नो कपाल मुण्डन गरेका हुन्।

आरती साहलाई न्यायको माग गर्दै आरतीको परिवार माइतीघर मण्डलामा धर्ना बसेको छ।

जनकपुरकी २२ वर्षीया दुई महिने गर्भवती साहको दाइजोको निहुँमा हत्या भएको भन्दै आरतीको परिवार विगत दुई महिनाभन्दा धेरै समयदेखि धर्नामा बस्दै आएको छ।

धनुषाको मिथिला बिहारी नगरपालिका-३ मिथिलेशवर मौवाही घर भई जनकपुरधाम-९ थापा चोकमा रहँदै आएकी साहको दाइजोका कारण उनको हत्या गरिएको माइतीपक्षको आरोप छ।

साहको शव उनी सुत्ने कोठामा पासो लगाई झुण्डिएको अवस्थामा गत जेठ ७ गते भेटिएको थियो।

साहको माइती पक्षले प्रहरीले पैसाको लेनदेन गरी मुद्दा कमजोर पारेको आरोप लगाएको छ।

जनकपुरमा न्याय पाउने आश नरहेकाले उनीहरू काठमाडौं आएर धर्ना बसेका हुन्। उनीहरू धर्नामा बसेकाे आज ८४ दिन पुगेकाे छ।

हेर्नुहोस् तस्बिरहरू:

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष