एसियाकप सुपर-४: पाकिस्तान र भारतबिचको बाँकी खेल भोली हुने

एसियाकप सुपर-४: पाकिस्तान र भारतबिचको बाँकी खेल भोली हुने
+
-

काठमाडौं-एशियाकप-२०२३ को सुपर-४ अन्तर्गतको जारी भारत र पाकिस्तानबिचको खेल वर्षाका कारण आजका लागि स्थगित भएको छ। अब बाँकी खेल सोमबार (भोली) खेलिने छ। आज जहाँबाट स्थगित भएको छ भोली खेल त्यहीबाट सुरु हुने छ। खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बाट सुरु हुने छ।

कोलम्बो स्थित प्रेमदासा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा १ सय ४७ रन बनाउँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो। भारी वर्षाका कारण आउट फिल्ड  गिलो भएपछि  खेलले निरन्तरता पाउन सकेन।

भारतले पाकिस्तान विरुद्ध राम्रो सुरुवात गर्ने क्रममा पहिलो विकेटका लागि ओपनरहरु रोहित शर्मा र शुभमन गिलले १ सय ४७ रनको साझेदारी गरे। कप्तान शर्मा १६.४ ओभरमा ५६ रनमा सादब खानको बलमा फहिम असर्फ द्वारा क्याच आउट भए। लगातै अर्को ओभरमा अर्का ओपनर शुभमन गिल शहिन साह अफ्रिदीको बलमा ५८ रनमा आउट भए।

कप्तान रोहितले भारतका लागि ५० औं अर्धशतक पुरा गर्दा शुभमनले ८ औं अर्धशतक प्रहार गरे। शर्माले ४९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाएका थिए। त्यस्तै गिलले ५२ बलमा १० चौका प्रहार गरे। अहिले क्रिजमा विराट कोहली १६ बलमा ८ रन बनाएर अविजित रहँदा उनलाई केएल राहुलले १७ रन बनाएर साथ दिइरहेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष