
काठमाडौं-कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्टले राष्ट्रपति रामचन्द्र पौडेलसँग सोमबार भेट गरेका छन्।
उक्त कम्पनीको ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटेका हुन्।
भेटमा पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेका राष्ट्रपति कार्यलयले जनाएको छ।
राष्ट्रपति कार्यलयका अनुसार पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा जानकारी गराएका थिए।
पार्कले सामसुङ कम्पनी र नेपालबीच हुन सक्ने सहयोग योजना तथा सूचना प्रविधि र औधोगिक उत्पादन सम्बन्धी योजना पौडेललाई सुनाएका थिए।
भेटमा नेपालका लागि कोरियन राजदूत थेयङ पार्क र गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा सामसुङका उपाध्यक्ष द्वय हयुङ वु लि र सुङ जुन पार्क, प्रवन्ध निर्देशक ह्यून लि सहभागी थिए।