
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा बृहत विरोधसभा तथा प्रर्दशन गरेको छ।
देश र धर्मको रक्षा तथा भ्रष्टाचारको विपक्षमा राप्रपाले काठमाडौंको भृकुटीमण्डवदेखि शान्तिबाटीकासम्म र्याली निकालेको छ।
गौ हत्याको अन्त्य गर्नुपर्ने,भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग राखेर प्रदर्शन गरेको हो।
प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो।