सुन प्रकरणमा ६ जना प्रतिवादीलाई मुद्दा नचलाउन सीआइबीको राय

सुन प्रकरणमा ६ जना प्रतिवादीलाई मुद्दा नचलाउन सीआइबीको राय
+
-

काठमाडौं- विमानस्थलबाट अवैध रुपमा बरामद भएको ६० किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले ६ जना प्रतिवादीलाई मुद्दा नचलाउन राय दिएको छ।

६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार गर्दै सीआईबीले ६ जना प्रतिवादीलाई मुद्दा नचलाउन राय दिएको हो।  बुधबार सीआइबीले काठमाडौं सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदनमा ६ जनालाई भने मुद्दा नचलाउन सिफारिस भएको सीआइबी स्रोतले जानएको छ।

स्रोतका अनुसार भन्सार एजेन्ट रूक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, कार्गोका राजन श्रेष्ठ, गोदाम खोजिदिएको आरोप लागेका नरेश भन्ने सुरेन्द्र तामाङ, भन्सार कार्यालयका कर्मचारी श्रीधर टण्डन र कमल परियारमाथि मुद्दा नचलाउन सीआइबीले राय दिएको हो।

उनीहरु मध्ये रूक्मिना सुब्बालाई राजश्व अनुसन्धान विभाग यसअघि  नै हाजिर जमानीमा छाडेको थियो। यस प्रकरणमा उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै सिआइबीले मुद्दा नचलाउने सिफारिस गरेको हो।

सीआइबीले यस प्रकरणमा हालसम्म ३२ जनालाई पक्राउ गरेको छ। सीआइबीले १८ जना फरार प्रतिवादी कायम गरी अनुसन्धान प्रतिवेदन बुझाएको हो। फरार रहेका उनीहरूविरूद्ध इन्टरपोलको ‘पर्पल नोटिस’ समेत जारी भएको एसपी सञ्जयसिंह थापाले जानकारी दिए। फरार रहेका १८ मध्ये १४ जना विदेशी नागरिक छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?