पाकिस्तानलाई पराजित गर्दै ११ औं पटक एसियाकपको फाइनलमा श्रीलंका

पाकिस्तानलाई पराजित गर्दै ११ औं पटक एसियाकपको फाइनलमा श्रीलंका
+
-

काठमाडौं- डिफेन्डीङ च्याम्पियन श्रीलंकाले एसियाकप-२०२३ को फाइनलमा स्थान बनाएको छ। टिमले बिहीबार राति भएको रोमाञ्चक खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै ११ औं पटक एकदिवसीय एसियाकपको फाइनलमा स्थान बनायो।

अन्तिम २ बलमा श्रीलंकालाई जितका लागि ६ रन आवश्यक थियो। चरिथ आसालंकाले अन्तिम ओभरको पाँचौ बलमा चौका र अन्तिम बलमा २ रन लिंदै टिमलाई रोमाञ्चक रुपमा फाइनलमा प्रवेश गराए। अब १७ सेप्टेम्मबरमा कोलम्बोमा हुने उपधि भिडन्तमा श्रीलंका र भारत प्रतिस्पर्धा गर्ने छन्।

कोलम्बो स्थित आरप्रेमदासा स्टेडियममा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो। वर्षाका कारण डिएलएस मेथडका आधारमा श्रीलंकालाई पनि जितका लागि २ सय ५२ रनकै लक्ष्य दिएको थियो। जुन लक्ष्य ४२ ओभरमा ८ विकेट गुमाएर श्रीलंकाले पुरा गर्दै फाइनलमा स्थान बनायो।

एसियाकप क्रिकेट अन्तर्गत सुपर-४ को आफ्नो अन्तिम तथा निर्णयाक खेलमा टिमलाई फाइनल पुर्‍याउन कुशल मेन्डीसले सर्वाधिक ९१ रनको इनिङ खेले। त्यस्ते सदीरा समराविक्रमले ४८ रन बनाउँदा चरिथ आसलन्का ४९ रनमा अविजित रहे। त्यस्तै कुशल परेराले १७ रन बनाउँदा पथुम निसन्काले २९ रन बनाएका थिए। पाकिस्तानका लगि इफ्तिखर ३  विकेट लिंदा सहिन सा अफ्रिदीले २ र सादव खानले १ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले खराव सुरुवातका बाबजुत मोहम्मद रिजवानको ८६ रनको नटआउट इनिङमा प्रतिस्पर्धात्मक स्कोर बनाउन सफल भएको थियो। उसका लागि ओपनर अब्दुल्लाह सफिकले पनि ५२ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै कप्तान बाबर अजाम २९ रनमा आउट हुँदा इफ्तिखर अहमेदले ४७ रन बनाए। श्रीलंकाका लगि मथिसा पथिरनाले ३ विकेट लिंदा प्रमोद मदुसनले २ तथा महेश थिकसिना र दुनिथ वेलालगेले समान १-१ विकेट लिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष