
काठमाडौं- एसीसी यू-१९ प्रिमियर कप क्रिकेटका लागि २४ सदस्यीय प्रारम्भिक छोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार घोषणा गरेको टिममा यू-१६ बाट ३ खेलाडी समेटिएका छन्। प्रतियोगिता आगामी १२ देखी २४ अक्टोबर सम्म मलेसियामा हुने कार्यतालिका रहेको छ।
केही समय अगाडि यू-१६ इस्ट जोन कप खेलेर फर्किएका ३ मुख्य खेलाडीलाई यू-१९ को प्रारम्भिक टिममा समावेश गरिएको हो। यू-१६ टिमबाट कप्तान अभिषेक तिवारी, नरेन भट्ट र निरज यादवलाई समावेश गरिएको छ। अभिषेक तीव्र गतिका बलर हुन् भने निरज ओपनर ब्याटर हुन्। नरने अलराउन्डर हुन्।
समूह ‘ए’ मा रहेको नेपालले बहराइन, साउदी अरेविया र ईरानसँग प्रतिस्पर्धा गर्ने छ। त्यस्तै समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन छन्। समूह ‘सी’ मा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स छन्। समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन्।
यस्तो छ यू-१९ प्रारम्भिक टोली
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेष कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिस सिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव।