काठमाडौँ – शुक्रबार बसेको न्याय परिषद बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्त गरेको छ।
परिषद्ले न्याय सेवा, कानुन सेवा र सरकारी वकिल, जिल्ला न्यायाधीश र कानुन व्यवसायी मध्येबाट २७ जनाको नाम उच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरेको हो।
सिफारिस हुनेमा १८ जना जिल्ला न्यायाधीश, ६ जना कानुन व्यवसायी छन् भने अन्यमा न्याय सेवा, कानुन सेवा र सरकारी वकिल समूहका परेका छन्।
प्रधानन्यायाधीशमा विश्वभरप्रसाद श्रेष्ठ नियुक्त भएपछि लामो समयदेखि रोकिएको न्यायाधीश नियुक्ति अघि बढाएका हुन््। भदौ २० गतेसम्म उच्च अदालतमा संविधानले निर्धारण गरेको १६० दरबरन्दीमध्ये ५० न्यायाधीश रिक्त छ। शु क्रबार २७ जना नियुक्त भए पनि अझै उच्चमा २३ न्यायाधीशको पद रिक्त छ।
२०७८ सालदेखि उच्चमा न्यायाधीश नियुक्त हुन सकेको थिएन। परिषदले सर्वोेच्च र जिल्लामा पनि न्यायाधीश नियुक्ति गर्ने तयारी गरेको छ। शुक्रबार मात्रै विनोद शर्मालाई संससदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।
त्यस्तै परिषदले उच्चका ३४ न्यायाधीश र जिल्लाको २६ जनाको सरुवा गरेको छ।
यस्तो छ नियुक्ति र सरुवा हुनेको सूची

भर्खरै
लोकप्रिय






































































































































































































