वीरगञ्जमा डेंगीका बिरामी बढ्दै

वीरगञ्जमा डेंगीका बिरामी बढ्दै
+
-

वीरगञ्ज – वीरगञ्जमा डेंगीका बिरामी बढ्न थालेका छन्। वीरगञ्जको नारायणी अस्पतालमा अहिले दुई जना डेंगी संक्रमितहरुको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले जानकारी दिए।

डेंगी रोग लागेका बिरामीहरुमध्ये ९० प्रतिशत बिरामीहरुलाई अस्पतालमा भर्ना गर्न जरुरी नहुने तर जटिल अवस्थाका बिरामीलाई भने अस्पताल भर्ना गर्नुपर्ने उनको भनाइ छ। लामखुट्टेको टोकाइबाट बच्न सुत्ने बेलामा झुल लगाएर सुत्न र लामखुट्टे धपाउने मलहम लगाएर सुत्न डा. सिंहको सुझाव छ।

गर्मीका कारण बिरामीको संख्या बढेसँगै डेंगीका संक्रमित पनि अस्पतालमा उपचारको लागि आएको सोही अस्पतालका चिकित्सक डा.सन्दीप गुप्ताले जानकारी दिए। नारायणी असपतालमा अहिले डेंगुका बिरामीहरुको परीक्षण निः शुल्क रुपमा गरिने व्यवस्था गरिएको छ।

घर वरिपरी राखिने टायर, घरभित्र फ्रिज, गमलालगायतमा जमेको पानीमा डेंगी फैलाउने लामखुटेको लार्भाहरु हुर्कने गर्छ।

डेंगीको संक्रमण फैलिन नदिन वीरगञ्ज महानगरले सहरी क्षेत्रहरुमा रहेका टायर मर्मत गर्ने पसलहरुमा राखिने टायर हटाउने र जनचेतनाका कार्यहरु पनि थालेको महानगरका स्वास्थय शाखाका संयोजक अनिल यादवले जानकारी दिए।

उनले महानगरका स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि घरघरमा परिचालन गरिने बताए। साथै महानगरले स्वास्थ्य कार्यालय पर्साको समन्वयमा महानगरभित्र औषधिसमेत छर्कने यादवको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?