
काठमाडौं- ललितपुरस्थित पाटन दरबार परिसरमा जलवायु जन मार्चको आयोजना गरिएको छ।
समान विचारधारा एवं अवधारणा भएका व्यक्ति, नागरिक समाज, युवा तथा जलवायु न्यायको माग गर्ने अभियानकर्मीहरूको एक सञ्जालले विश्वव्यापी रूपमा खनिज इन्धनको प्रयोग अन्त्य गर्न मागसहित जलवायु जन मार्च- २०८० को आयोजना गरेको हाे।
कोइला, तेल र ग्याससहित खनिज इन्धनहरू जलवायु संकटका प्रमुख कारक रहेकाे भन्दै सञ्जालले सरकारलाई नवीकरणीय ऊर्जामा लगानी गर्न आग्रह गरेकाे छ।
नेपालमा खनिज इन्धन अन्वेषण र तेल पाइपलाइन विस्तार गर्ने नेपाल सरकारको निर्णयप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन पनि याे र्यालीकाे आयाेजना गरिएकाे आयाेजकले जनाएकाे छ।
र्यालीमा वातावरण सचेतनासम्बन्धी नारा लेखिएका पम्प्लेटहरू प्रदर्शन गरिएकाे थियाे।
हेर्नूहोस् तस्बिरहरू: