खार्पुनाथमा रावल उत्कृष्ट स्वास्थ्यकर्मी

खार्पुनाथमा रावल उत्कृष्ट स्वास्थ्यकर्मी
+
-

सिमकोेट – खार्पुनाथ गाउँपालिका प्रेमबहादुर रावल वर्षभरि कै उत्कृष्ट स्वास्थ्यकर्मीका रुपमा सम्मानीत भएका छन्। कामको मुल्याङ्कन गर्दै खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले वार्षिक समिक्षा कार्यक्रमको अवसर पारि सम्मान गर्ने कार्य गरेको हो।

वर्षभरि सेवाग्राहीलाई राम्रो काम गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्यचौकी छनौट गर्दै सम्मान गरिएको हो। स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले वर्षभरि राम्रो कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य चौकीलाई सम्मान गरिएको बताए।

यसरी वर्षभरि राम्रो काम गरेबापत उत्कृष्ट स्वास्थ्यकर्मीमा छनौट हुनेमा वडा नम्बर ४ को छिप्रा स्वास्थ्य चौकीका अहेब प रावल र वडा नम्बर ३ को स्वास्थ्य चौकीमा राया स्वास्थ्य चौकी रहेका छन्। शाखाले केही मापदण्ड बनाएर उत्कृष्ट छनौट गरेको थियो।

उनले सेवामा २४ सै घण्टा खटिदै मुस्कान सहितको सेवा सेवाग्राहीलाई प्रदान गरेबापत स्वास्थ्यकर्मी रावल गाउँपालिका कै उत्कृष्ट छनौट भएको बताए। त्यसैगरी संस्थागत रुपमा सेवाग्राहीलाई स्तरीय सेवा प्रबाह गरेबापत राया स्वास्थ्यचौकी उत्कृष्ट ठहरिएको हो।

राया स्वास्थ्य चौकी उत्कृष्ट ठहरिए बापत वडा अध्यक्ष च्यागा बोहरा र चौकी संयोजक निमा पाण्डेलाई सम्मान गरिएको थियो। उत्कृष्ट हुने रावल र संयोजक पाण्डे दुवै जना स्वास्थ्यकर्मीलाई नगद तीन हजार रुपैयाँ र प्रशंसापत्र प्रदान गरिएको थियो।

प्रशंसापत्र र नगद गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल र प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले प्रदान गरेका थिए। दुई दिनसम्म सञ्चालन भएको समिक्षा कार्यक्रममा गाउँपालिकाका सबै स्वास्थ्य चौकीले एक वर्षमा गरेका कामको समिक्षा गरिएको थियो भने यस वर्षको कार्य योजना समेत तयार पारिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?