
पोखरा- पोखरामा जारी लामाचौर भलिबल कपमा एभरेस्ट भलिबल क्लबले तेस्रो हार व्यहोरेको छ।
आइतबार बिहान भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ३-० को सोझो सेटमा पराजीत गरेको हो।
पहिलो सेटमा एपिएफले २५-१६ को जीत निकाल्यो। दोस्रो सेटमा एभरेस्टले झन् कमजोर प्रदर्शन गर्दा एपिएफले २५–१४ को जीत दर्ता गरायो।
तेस्रो सेटमा २५-१७ को जीत निकाल्दै एपिएफले पहिलो जीत दर्ता गराएको हो। शनिबार न्यु डायमण्डसँग एपीएफ ३-२ को सेटमा पराजीत भएको थियो।
एभरेस्ट भलिबल क्लब पहिलो खेलमा न्यु डायमण्ड र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको हो।
अहिले महिलातर्फको न्यु डायमण्ड र नेपाल पुलिस क्बलबीच प्रतिस्पर्धा भइरहेको छ।
आइतबार नै विभागीय टोली पुलिस र एपिएफको भिडन्त हुनेछ।
१० औं संस्करणको राष्ट्रियस्तरको महिला भलिबलमा पुलिस, एपिएफ, न्यु डायमण्ड र एभरेष्ट प्रतिस्पर्धामा छन्।
नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको महिला पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
दोस्रो हुनेले १ लाख १११ रुपैयाँ र तेस्रोले ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।