श्रीलंका बन्यो भारत विरुद्ध सबैभन्दा कम स्कोर बनाउने टोली, ५० रनमै अलआउट

श्रीलंका बन्यो भारत विरुद्ध सबैभन्दा कम स्कोर बनाउने टोली, ५० रनमै अलआउट
+
-

काठमाडौं- भारत विरुद्ध एसियाकपको फाइनलमा श्रीलंका ५० रनमै अलआउट भएको छ।  आइतबार जारी खेलमा यो भारतका विरुद्धक कुनैपनि टिमको इतिहासकै सर्वाधिक कम स्कोर हो।

कोलम्बोको आर प्रेमदासा स्टेडियममा श्रीलंकाले टस जितेर पिहले ब्याटिङ रोजेको थियो। जहाँ भारतीय बलरले श्रीलंकालाई १५.२ ओभरमानै अलआउट गर्दै ५० रनमै समेटेका थिए। मोहम्मद सिराजले ६ विकेट लिंदा हार्दीक पाण्ड्याले ३ विकेट लिए। त्यस्तै जसप्रित बुमराहको नाममा १ विकेट रह्यो।

श्रीलंकाले तोड्यो बंगलादेशको रेकर्ड

यो भारत विरुद्ध कुनैपनि टिमको सर्वाधिक कम स्कोर हो। यसअघि एकदिवसीय क्रिकेटमा सर्वाधिक कम स्कोर भारत विरुद्ध बंगलादेशको रहेको थियो। २०१४ मा बंगलादेश ५८ रनमा अलआउट भएको थियो। एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक कम स्कोर अमेरिकाको नेपाल विरुद्ध रहेको छ। अमेरिका १२ फेब्रअरी २०२० मा नेपाल विरुद्ध ३५ रनमै समेटिएको थियो। त्यस्तै श्रीलंका विरुद्ध जिम्बाब्वे २००४ को अप्रिलमा ३५ रनमानै समेटिएको थियो।

भारतीय तिब्र बलरका सामु श्रीलंकाका कुनैपनि ब्याटरले २० रनको आँकडा पुरा गर्न सकेनन्। टीमले ३.६ ओभरमानै १२ रन जोड्दा ६ विकेट गुमाएको थियो। उसका लागि कुशल मेन्डीसको १७ रन सर्वाधिक रह्यो। त्यस्तै दुसन हेमन्थाले १३ रनको अविजित इनिङ खेले।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?