तीज विशेषः

नेतृहरुको आग्रहः भड्किलो होइन, उपलब्धिपूर्ण बनाऔं तिज

नेतृहरुको आग्रहः भड्किलो होइन, उपलब्धिपूर्ण बनाऔं तिज
+
-

काठमाडौं–उपसभामुख इन्दिरा राना मगरले यस वर्षको तीज फरक र विशेष अनुभवका साथ मनाइरहेकी छन्। संघीय संसद सचिवालयले आयोजना गरेको पूर्व तथा बहालवाला महिला सभामुख, उपसभामुखका लागि आयोजना गरेको तीज कार्यक्रममा सहभागी हुनुदेखि विभिन्न संघ संस्थाले आयोजना गरेको तीज सम्मान कार्यक्रममा सहभागी भइन् उनी।

संसद सचिवालयले आयोजना गरेको उक्त भेटघाट तथा तीजको दर कार्यक्रममा संसदीय अभ्यासबारे थप चर्चा हुँदा तीज उपलब्धिमूलक भएको उनी बताउँछिन्। उपसभामुख रानाले तीजलाई क्रान्तिको रुपमा लिने बताउँछिन्। उनी भन्छिन्, ‘रातो टिका र रातो पहिरनले क्रान्ति र रुपान्तरणको सन्देश बोकेको छ। तीजमा महिलाको अधिकारको बिषयमा चर्चा गर्न, महिला शशक्तिकरण र नेतृत्वबारे बहस गर्न सकिन्छ, महिलाका पिडालाई अधिकारको रुपमा अघि लैजाने अवसर पनि हो, राजनीतिमा महिलाको सहमागिता अधिकार सहअस्तित्व कसरी बढाउने भनेर अघि बढाउने भनेर जाने सकारात्मक हो, तीजमा म भने ब्रत बस्दिन, राम्रो श्रीमान पाउँ भन्ने पनि छैन श्रीमानको आयु बढाइदिँउ भन्ने पनि छैन।’

उनले थपिन्, ‘पछिल्ला १० दिनसम्म विभिन्न तहबाट निमन्त्रण आएर तिजको कार्यक्रममा सहभागी भएँ। ज्येष्ठ नागरिकलाई स्वाथ्य शिविर सम्बन्धी कार्यक्रम देखि आदिबासी जनजाति, दलित लगायतका कार्यक्रममा सहभागी भएर तीज मनाएँ। यसलाई म सांस्कृतिक रुपान्तरण भन्छु।’ जेलभित्र भएका अभिभावकका सन्तानको संरक्षकको रुपमा लामो समयदेखि काम गर्दै आएकी उपसभामुख राना आफूलाई समाजसेवी भन्न रुचाउँछिन्। यसपालिको तीजको मुख्य दिन पनि पनि उनी बालबालिकाहरुसँगै मनाउँदै छिन्।

पूर्व सभामुख एवं माओवादी नेतृ ओनसरी घर्तीले धार्मिक रुपले जोडिएको तीज पर्वमा देखिएको विकृति र भड्किलोपन रोक्ने प्रयास जारी नै रहेको बताउँछिन्। महिलाहरु भेट हुने राजनीतिक रुपमा सचेत हुने र आफन्तको बीचमा सुखदुखको साट्ने पर्वमा जोडिएको भड्किलोपनको उनी विरुद्धमा छिन्।

‘बर्षौँ देखि मनाउँदै आएको तीजको आफ्नै परम्परा र तौरतरिका छ, हामीले पछिल्लो समय खर्चिलो बनाएका छौँ, तीजले दिदीबहिनीमा सामिप्य ल्याउने कम्युनिष्ट पक्षधर महिलाले यसलाई राजनीतिक मञ्चको रुपमा प्रयोग गर्ने र ग्रामीण परिवेशका अघिल्लो पुस्ताका महिलाले नाचेर,गाएर सुख,दुख बिसाएर अलिकति भएपनि स्वतन्त्रताको महसुस गर्ने गर्दर्थे भने पछिल्लो समय भड्किलो भएको छ।’

पछिल्लो समय तीज शहरहरुमा न त एउटा धार्मिक रुपमा अघि बढेको छ, न त दुख बिसाउने साझा चौतारी हुन सकेको छ, यसलाई दिदी बहिनीले फलदायी बनाउन नसकेको तथा गरगहना र कपडाको प्रदर्शन गर्न प्रयोग गरेको उनले बताइन्।

उनी थप्छिन्, ‘तीजलाई आदर्श मानिन्थ्यो, धर्म र पुरानो संस्कृतिलाई बेवास्ता गर्दै महिनौँ दिनदेखि खाने गर्नुहुन्छ। अघिल्लो पुस्ताका महिलाहरुले निराहार ब्रत बस्नुहुन्थ्यो जुन स्वास्थ्यको हिसाबले राम्रो थिएन र अहिले महिलाहरुले महिनौँ दिन देखि दर कार्यक्रम राखेर यसलाई भड्किलो बनाएका छन्, यसलाई तोड्नु जरुरी छ।’

नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्याय पनि केही दिन यता लगातारजसो तीजका कार्यक्रममा सहभागी भइन्। उनले आफू सहभागी भएको कार्यक्रममा तीजको खानपान कार्यक्रम मात्रै भन्दा पनि अनुभव र सूचना आदान प्रदान गर्ने गरेको सुनाइन्। उनी भन्छिन्, ‘झन्डै एक महिनादेखि तीज विशेष कार्यक्रममा सहभागी भएको छु,तर बाहिर देख्दाखेरी तीज भड्किलो देखिएको छ, संस्कृति भन्दा पनि विकृति देखिएको भनेर व्यापक रुपमा आवाज उठेको छ। कतिपय तीजका सकारात्मक कुराहरु पनि छन्। तीज कार्यक्रमको अवसरमा महिलाहरुको प्रशिक्षण कार्यक्रम भइरहका छन्। महिला सहभागिता, अधिकार र नेतृत्वको बिषयमा पनि कुरा भइरहेका छन् तर तीज मनाउनै पर्छ भनेर बाध्यकारी न्यून आय स्रोत भएकाहरुलाई मर्का पर्छ।’

बिबाह भएदेखि प्रत्येक बर्ष उनी तीजको ब्रत बस्दै आएकी छन्। श्रीमानको लागि मात्रै नभई आफ्नो, समाजको र मुलुककै सुख शान्तिको लागि पनि ब्रत बस्ने गरेको उनी बताउँछिन्।

‘श्रीमान र श्रीमानको आयुको लागि ब्रत बस्ने भन्ने गरेको नारा जस्तै बनेको छ त्यो गलत हो,’ उनी थप्छिन्, ‘आफ्नो संस्कृति मान्दै आएको हो। धर्म र संस्कृतिको निरन्तरता हो संस्कृतिलाई सही तवरले निरन्तरता दिउँ, परापूर्व कालदेखि आएको संस्कृतिलाई स्वस्थ बनाएर लैजानु पर्छ।’

कामकाजी महिलाहरुको हकमा कुरा गर्नुपर्दा कार्यलयमा महिला कर्मचारीलाई दर खुवाउने बिषयलाई उनी सकरात्मक रुपमा लिन्छिन्। डिना भन्छिन्,‘त्यो भनेको महिलाहरुलाई सम्मान गरेको हो। यो प्रवृत्तिको बिकास भइरहेको छ। महिनौदेखि गहना लगाएर नयाँ कपडा फेरेर पार्टी प्यालेसमा गएर तीज मनाउनु भड्किलो हो। महिला बिशेष चाडपर्व धेरै हुदैनन् तसर्थ तीज एक हप्तादेखि मनाउँदा भने राम्रै हुन्छ।’

यता एकीकृत समाजवादी (नेकपा एस) की उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य जयन्ती राईलाई कामकाजी र श्रमिक महिला तथा उच्च बर्गका गृहणी महिलाबीच तीज मनाउने तौर तरिकामा विभेद देख्छिन्। आफुले आयोजना गरेको कार्यक्रम र आफू सहभागी भएका कार्यक्रम साधारण भएको उल्लेख गर्दै तीजलाई सरल बनाउनुपर्नेमा उनको पनि जोड छ।

यद्यपि समाजमा चेतनाको स्तर बढेर भड्किलोपन भने केही घटेको उनको बुझाइ छ। भड्किलोपन, तडकभडक र देखावटीपनलाई पुरै निमिट्यान्न पार्नुपर्ने अभियान जारी रहेको उनी बताउँछिन्।

यस्तै एमाले नेतृ नवीना लामाले यस बर्षको तीज नमनाउने भएकी छन्। संविधानसभा अध्यक्ष, पूर्व सभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा एमालेको आन्तरिक कमिटीमा पनि यसपालि तीज मनाउनेहरु कम छन्। आफूले तीज नमनाए पनि लामाले सरल र सहज तवरमा तीज मनाउन सबैलाई आग्रह गरेकी छन्।

तीजको मर्म र महत्व बुझेर भड्किलो नबनाई यसलाई निरन्तरता दिन उनले बताएकी हुन्।

उनी भन्छिन्, ‘हिन्दु धर्म र सभ्यताको नाममा तीज खर्चिलो र भड्किलो भएको छ, हुने र नहुनेबीचको विभेद भयो,यसले सभ्यता र संस्कृतिलाई जोगाउन सक्दैन, हिजोको तीज सद्भाव माया र भावना साटासाट हुन्थ्यो, माइतीघर र मान्यजनकहाँ गएर दर खाएर तीज मनाइन्थ्यो भने अहिले स्वरुप बदलिएको छ। सभ्यतामाथि नै प्रश्न गर्ने हो कि?’ तीजले विभेदको जन्म गराएको भन्दै नेतृ लामा पनि यसलाई तोड्न लागिपरेको बताउँछिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?