
काठमाडौं महानगरपालिकाले अखाद्य मिठाइ बेच्ने मिठाइ पसल टिपटपलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ।
काठमाडौँ नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार महानगरपालिका-१६ ठँहितिस्थित टिपटप मिठाइ पसललाई अखाद्य मिठाइ बेचेकाले २ लाख रुपैयाँ जरिवाना गराइएको जानकारी दिए।
आइतबार टिपटपमा किनेको मिठाइ खान अयोग्य भएको गुनासो एक ग्राहकले गरेपछि जाँच गर्दा खान अयोग्य मिठाइ भेटिएकाले २ लाख रुपैयाँ जरिवाना गराइएको उनले बताए।
महानगरले अखाद्य मिठाइ नबेच्न तथा सरसफाइमा ध्यान दिन पनि टिपटपलाई सचेत गराएको छ।
काठमाडौँमा कतिपय मिठाइ पसलहरुमा सरसफाइ नहुने गुनासो ग्राहकहरुले गर्ने गरेका छन्।