दमनले माओवादी खुसी पार्न संविधान ल्याएको भनेपछि गगनले गरे प्रतिवाद

दमनले माओवादी खुसी पार्न संविधान ल्याएको भनेपछि गगनले गरे प्रतिवाद
+
-

काठमाडौं- नेपाली कांग्रेसको बीपी साहित्य महोत्सवमा महामन्त्री गगन थापाले पूर्व सभामुख दमननाथ ढुंगानाको भनाइको प्रतिवाद गरेका छन्।

बुधबार ‘बीपीको विचार, आजको संविधान र अबको बाटो’ शीर्षकमा ढुंगानाले राखेको भनाइको दर्शकदिर्घामा बसेका महामन्त्री थापाले प्रतिवाद गरेका हुन्।

उक्त शिर्षकमा संविधानविद् निलाम्बर आचार्य, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल थियो।

ढुंगानाले अहिलेको संविधानमा बीपी तत्व नभएको बताएका थिए। उनले संविधान माओवादीलाई खुशी पार्न ल्याइएको टिप्पणी गर्दै संविधान बनाउँदा कांग्रेस हाबी हुन नसकेको बताएका थिए।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा दर्शकदीर्घामा बसेर बहस सुनिरहेका महामन्त्री थापाले ढुंगानाको भनाइको प्रतिवाद गरेका थिए।

उनले आफू पहिलो र दोस्रो दुबै संविधानसभामा रहेको भन्दै पहिलो संविधानसभाको घटना सुनाएका थिए। थापाले प्रतिवादमा भनेका थिए,‘त्यो बेलामा माओवादीको प्रस्ताव के थियो भने व्यक्तिले सम्पत्ति कति राख्न पाइन्छ भन्ने कुराको सीमा राख्नुपर्छ । अदालतको न्यायाधीश, स्वतन्त्र न्यायपालिका होइन दलले तोक्नुपर्छ भन्ने थियो, यो सबै कुरा लड्दा–लड्दा, जुध्दा–जुध्दा अन्तिममा संविधान नबने बन्दैन तर नेपाली कांग्रेसले आफ्नो फन्डामेन्टल कुरासँग कम्प्रमाइज गर्दैन भनेर पहिलो संविधानसभामा अडिएर बसेको हो । त्यसैले तिमीहरु लडेनौं भन्ने कुरालाई यहाँ बसेर टुलुटुलु स्वीकार्न सकिएन।’

थापाले दोस्रो संविधानसभामा कांग्रेस सबैभन्दा ठूलो दल बनेका बेला एमालेको साथ लिएर संविधान जारी गरेको पनि स्मरण गरेका थिए। ‘दोस्रो संसविधानसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको बेलामा कांग्रेस र एमाले दुईटा हुँदाखेरि हाम्रो डोमिनेसनमा बनेको हा । फ्याक्ट छ, माओवादीले यो कुरा स्वीकार गर्न नसक्दा माओवादी चिराचिरा भएको हो’ थापाले यसरी ढुंगानालाई दर्शकदीर्घाबाट प्रतिवाद गरेका थिए।

उक्त छलफल कांग्रेस नेता रमेश लेखकले सञ्चालन गरेका थिए। बहसका क्रममा ढुंगानाले अहिले सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्नेमा माओवादी नेतृत्वको सरकारमा सहभागी भएको भन्दै आलोचना गरेका थिए ।

महामन्त्री थापाले २०४७ सालको संविधानपछि पनि कांग्रेसले सानो दल राप्रपाका नेता सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएको उल्लेख गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?