फिर्के खोला मिचेर १६० संरचना

खोलाघरमै ३५ स्थायी संरचना, ३ मिटरसम्म खुम्चियो खोला

खोलाघरमै ३५ स्थायी संरचना, ३ मिटरसम्म खुम्चियो खोला
+
-

पोखरा – पोखराको फिर्केखोला मिचेर १६० संरचना बनेका छन्। फिर्केखोलाको खोलाघर प्राविधिक नापजाँच प्रतिवेदनमा खोला मिचेर १६० संरचना बनेको उल्लेख छ।

खोला मिचेर ९७ वटा अस्थायी, ३५ स्थायी, १० वटा संघसस्थाका अस्थायी र १८ वटा संघसस्थाका स्थायी संरचना बनेको फिर्केखोलाको खोलाघर नापजाँच सर्वेक्षक वासुदेव पौडेल नेतृत्व टोलीले पोखरा महानगरपालिकालाई पेश गरेको प्रतिवेदनमा खुलाइएको छ।

खोला घर मिचेर लिटिल स्टेप मावि, पोखरा इञ्जिनियरिङ कलेज, बराल समाज घर, बराल समाजको मन्दिर, गिरी समाज घर, सोपाल समाज घर, बगाले टोलको किरियापुत्री घर, अर्चलबोट किरियापुत्री घर, पोखरा फोटोग्राफर एशोसियसनको भवन, लायन्स क्लबको भवन, राधाकृष्ण आश्रम लगायत १८ संघसंस्थाका पक्की संरचना ठडिएका हुन्।

सशस्त्र प्रहरी बल एपीएफले पनि खोला घर मिचेर ट्रेनिङ सेन्टरको रुपमा अस्थायी संरचना बनाएको छ।

पोखरामा फेवातालपछि सबैभन्दा बढी अतिक्रमणको चपेटमा परको फिर्केखोलाको खोलाघर नाप्न अमिन बासुदेव पौडेल नेतृत्वको टोलीले साउन ३ गतेदेखि थालेका थिए।

३२ दिन लगाएर फिर्केको खोलाघर नापजाँच गरेको पौडेलले जानकारी दिए। उनका अनुसार खोलाको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ गरेर ५८८ थान सीमा स्तम्भ गाडिएको छ।

पोखरा महानगरपालिकाको वडा नम्बर १८, २, ४, ५, ७, ८, ६ र १७ भएर ८ किलोमिटर दूरीमा फिर्केखोला बग्छ। फिर्के खुम्चिएर ३.३० मिटरमा बगिरहेको छ। बढीमा ४० मिटरसम्म फराकिलो भएर बगेको छ।

‘खोला किनारमा बस्ती बस्न थालेसँगै फिर्केको प्राकृतिक स्वरूप मिचिँदै गयो। खोलामा फोहोर पानीका ढलहरूसहित जथाभावी रूपमा फोहोर फ्याँक्न थालियो। मानवीय अतिक्रमण र प्रदूषणका कारण फिर्के खोलाको अवस्था पछिल्लो समय अस्तित्व रक्षाको संकटपूर्ण घडीमा पुगेको छ’, शनिबार पोखरा महानगरपालिकालाई बुझाइएको प्रतिवेदनमा उल्लेख छ।

नापजाँचपछि खोलाघर यकिन भएकाले फिर्के मिचेर आसपासमा हुने भौतिक निर्माणको कामलाई तत्काल रोक्का गरि सचेतनासहितका सरसफाई अभियान सञ्चालन गर्नुपर्ने नापजाँच समितिले सुझाव दिएको छ।

अब छिट्टै मापदण्ड यकिन हुने पोखराका मेयर धनराज आचार्यले बताए। ‘अहिले मापदण्डका विषयमा कुरा भाको छैन। अहिले खोलाघर खोलामाथि बनेका संरचना के कति छन् भन्ने विषय हो’, उनले भने, ‘अबको कार्यपालिका बैठक पछाडि कुन प्रक्रियाबाट अगाडि बढ्छौं टुंगो लाग्छ।’ खोलाघरमा बनेका संरचना हटाउने अभियानको सुरु हुने मेयर आचार्यले विश्वस्त पारे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?