चीनसँग मिलेर बीआरआईलाई अन्तिम रुप दिँदै छौँ- प्रचण्ड

चीनसँग मिलेर बीआरआईलाई अन्तिम रुप दिँदै छौँ- प्रचण्ड
+
-

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजना (बीआरआई) कार्यान्वयनलाई अन्तिम रुप दिने गरी काम गरिरहेको बताएका छन्।

चीन भ्रमणमा रहेका उनले आइतबार नेपाल चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले नेपाल सन् २०१७ मा बेल्ट एन्ड रोड इनिसिएटिभमा सामेल भएको र अहिले यसको कार्यान्वयन योजनालाई अन्तिम रूप दिने काम गरिरहेको उल्लेख गरेका हुन्।

उनले भने, ‘केही दिनअघि मात्रै नेपालले चीनको बन्दरगाहबाट तेस्रो मुलुकबाट सफलतापूर्वक मालसामान आयात गरेको थियो, यो नेपाल–चीन पारवहन यातायात सम्झौता र त्यसको प्रोटोकल कार्यान्वयनमा महत्वपूर्ण कदम हो । चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि निःशुल्क भिसा उपलब्ध गराइएको छ। राष्ट्रपति सी र म हाम्रा दुई देशबीचको आर्थिक सहयोग र साझेदारीलाई सुदृढ पार्ने विषयमा व्यापक सहमतिमा पुगेका छौं। यस भ्रमणमा हामी क्रस बोर्डर कनेक्टिभिटी प्रबर्द्धन गर्ने बारे थप निर्णय लिनेछौं।’

नेपालले चीनका लगानीकर्ता र उद्यमीहरूलाई उपलब्ध गराउने अनौठो अवसरको पूर्ण फाइदा लिन र सन् २०१५ मा खुला भएका नयाँ अवसरहरूबाट फाइदा उठाउन नेपालले सहजीकरण र संरक्षण गर्न हरसम्भव प्रयास गर्ने प्रचण्डले बताए।

प्रचण्डले थपे, ‘दुई देशका निजी क्षेत्रबीचको बलियो सहकार्य र आदानप्रदानले नेपाल–चीन आर्थिक सम्बन्धलाई पारस्परिक लाभका लागि थप विकासमा सार्थक रूपमा योगदान पुर्‍याउन सक्छ। अथाह सम्भावना बोकेको नेपाल अब गरिबी र नीजिकरणको देश बन्न सक्दैन।’

प्रचण्डले अर्थतन्त्रको सम्बृद्धिको लागि नीति, नियम र कार्यविधिमा थप सुधार गर्ने चीनसामु प्रतिबद्धता जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?