एसियाडमा नेपालको हातमा निरासा मात्रै, तेस्रो दिन पनि पदक नजिक पुग्न सकेनन् खेलाडी

एसियाडमा नेपालको हातमा निरासा मात्रै, तेस्रो दिन पनि पदक नजिक पुग्न सकेनन् खेलाडी
+
-

काठमाडौं- १९ औं एसियाली खेलकुदमा नेपाल तेस्रो दिन पनि पदक विहीन रह्यो।  प्रतियोगिताको तेस्रो दिन कुल २१ देशले पदक जित्दा नेपाली टिम भने पदक छेउछाउ पुग्कोन सकेको छैन्।

सोमबार नेपालका लागि पुरुष बक्सिङमा नेपालका रविन थापाले ५१ केजी तौल समूहमा अन्तिम ३२ को खेलमा इन्डोनेसियाका खेलाडी दियो कोएबानुलाई पराजित गर्नु सर्वाधिक ठूलो सफलता रह्यो। अर्थात उनी अन्तिम १६ मा पुगे। अन्यको प्रदर्शन निरासाजनक रह्यो।

हाङझाउ स्थित जिम्न्यासियममा भएको खेलमा रविन अंकका आधारमा ४-१ ले विजयी भए। रविनले अब अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोसँग खेल्ने छन्। त्यस्तै नेपालकी अञ्जली तामाङले १९ औं एसियाली खेलकुदको प्रि-क्वाटर सम्म पुग्न सफल भइन।

लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा भएको महिला ४९ केजीमुनि अन्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन्। पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अन्जलीले दोश्रो राउन्डमा १०-४ अंकले आफ्नो पक्षमा पार्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। प्रिक्वाटरफाइनलमा भने अन्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन।

जुडोमा हार

जुडोमा सोमबार तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए। नेपालका मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए। महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसंग पराजित भए । पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराए ।

 

बास्केटबलमा जापानसँग निरीह

एसियाली खेलकुदको महिला यु-२३ थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ। डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२–४ ले पराजित ग¥यो । नेपालका लागि मिना गुरुङ र गरिशा सिलवालले समान २–२ स्कोर गरे। नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान रहेका छन्। समूह ‘बी’ मा चाइनिज ताइपेईं र काजाकिस्तान पनि छन् । नेपालले बुधबार काजाकिस्तानसंग तथा ताइपेईंसंग शुक्रबार प्रतिस्पर्धा गर्ने छ।

साइक्लिङमा दुरीनै पुरा गर्न सकेन्न

एसियाली खेलकुदको साइक्लिङमा नेपालका सुरज राना मगर र उषा खनालले सोमबार निर्धारित दूरी तय गर्न असफल रहे। दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा प्रतिस्पर्धा गरेका थिए। योसंगै साइक्लिङमा नेपालको चुनौती समाप्ता भएको छ। टोली मंगलबार स्वदेश फर्किदै छ।

पुरुषको २५.५ किलोमिटर दूरी तय गर्ने क्रममा सुरज दोश्रो ल्यापमा घाइते भएको प्रशिक्षक देवेन्द्र बस्नेतले जनाएका छन् । ५ ल्यापको प्रतिस्पर्धामा सुरजसंगै फिलिपिन्सका २ तथा दक्षिण कोरिया र युएइका १-१ खेलाडीले पनि दूरा पार गर्न सकेनन्। चीनका खेलाडीले स्वर्ण र रजत जित्दा जापानका खेलाडीले कांस्यमा चित्त बुझाए।

महिलाको २०.५६ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्दै गर्दा उषालाई ‘हाइपर थर्मिया’ भएको प्रशिक्षक बस्नेतले जानकारी गराए। झेसौ स्पोर्ट्स सेन्टरमा भएको ४ ल्यापको प्रतिस्पर्धामा जापानकी अकारी कोबायासीले पनि दूरी तय गर्न सकिनन्। यो स्पर्धामा पनि चीनका खेलाडीले स्वर्ण र रजत कब्जा गरे। इरानी खेलाडीले कांस्य हात पारे।

उसुमा पनि निरास

एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको उसुको थाउलोअन्तर्गत महिला छाङछ्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन् । उनले ९.४१० अंक जोडिन् ।थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे । उनले ९.०१३ अंक स्कोर गरे । अर्को स्पर्धा ताइजिजियानमा प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७ औं स्थानमा रहे । उनले ८.९७३ अंक ल्याए ।

फेन्सिङमा कुनैपनि खेल जित्न सकेन

हाङझाव एसियाडको तेस्रो दिन सोमबार हाङझाव डायान्जी विश्वविद्यालय जिम्नाजियमा फेन्सिङमा कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन् । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा पायस योञ्जनले ५ वटै खेलमा पराजय ब्यहोरे । पायस काजकिस्तानका अर्टोक सर्किस्यान र हङकङका हो थिन लोसँग ५–० तथा उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानका पाक्दामान सायद इस्माइलजादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५–१ ले स्तब्ध बने ।

पुरुष साब्रे व्यक्तिगत स्पर्धामै राजेन्द्र गजुरेल कुवेतका मोहम्मद अब्दुल करिमसँग ५–२, हङकङका लोन आरोन हो स्जे, चीनका यिनगुइ यान, भियतनामका भान क्वुयतसँग एनगुएन, दक्षिण कोरियाका सानगुक हो  र जापानका काइलो स्ट्रिटसँग समान ५–० ले पराजित हुँदा उनको यात्रा समूह चरणबाट अघि   बढेन ।

महिला फोइल व्यक्गिततर्फ पनि मन्दिरा थापाको यात्रा पनि समूह चरणमै टुंगियो । उनी हङकङकी नोक डाफी चेन, जापनकी सिरा अजुमा र दक्षिण कोरियाकी हियो जिन होङ्गसँग समान ५–०, मकाउकी हियो ल्याम कुसँग ५–१ तथा थाइल्यान्डकी चायदा स्मृतिसुकुलसँग ५–३ ले निरास बनिन् ।

दक्षिण कोरियाकी सिना होङसँग ५–३, थाइल्यान्डकी चोक छायानीतपाट स्पिननेकर, जापानकी युका युनोसँग ५–१, सिंगापुरकी म्याक्सिन वाङ्गसँग ५–४  र चीनकी  क्वइयानक्यान  हुआङ्गसँग ५–० ले स्तब्ध बन्दा  गोमा आर्चायको यात्रा पनि समूह चरणमै रोकियो ।

लनटेनिस दोस्रो चरणमा यात्रा समाप्त

हाङझाउ एसियाडअन्तर्गत लनटेनिसको पुरुष सिंगल्समा नेपालका प्रदीप खड्का दोश्रो चरणमा रोकिएका छन्। हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा भएको खेलमा जापानका सिन्तोरो मोचिजुकीले प्रदीपलाई ७–५ र ६–१ को सोझो सेटमा पराजित गरे । पहिलो चरणमा प्रदीपले टिमोर लिस्टेका एन्टोनियो मेन्डेसमाथि ६–० र ६–० को सहज जित हात पारेका थिए ।

पुरुष सिंगल्समै हङकङका कोलम्यान वोङ चक लामले नेपालका अभिषेक बाँस्तोलालाई पहिलो चरणमा सीधा सेटमा ६–२ र ६–० हराए । प्रदीप र अभिषेक दुवैको खेल १ घण्टा १३ मिनेट चलेको   थियो ।

मिक्स डबल्समा इन्डोनेसियाका अल्डिला सुत्जिदा र बेन्जामिन क्रिस्टोफरको जोडीले नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाए । खेल ५१ मिनेट चलेको थियो ।

महिला डबल्समा अभिलाषा विष्ट र माहिका राणाको जोडीको यात्रामा पनि पूर्णविराम लाग्यो । ५२ मिनेट चलेको खेलमा दक्षिण कोरियाका डायियोन ब्याक र बोयोङ जियोङको जोडीले अभिलाषा र माहिकाको जोडीलाई ६–१ र ६–० ले पाखा लगाए । अब नेपालले मिक्स डबल्समा मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । मंगलबार सुनिरा थापा र प्रणव खनालको जोडीले प्रतिस्पर्धा गर्ने छन् ।

महिला फुटबलमा फराकिलो हार

हाङझाउ एसियाडअन्तर्गत महिला फुटबलमा नेपाल पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। वेन्झाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको समूह ‘डि’ को दोस्रो खेलमा जापानसंग ०-८ गोलअन्तरले पराजित भयो।

पहिलो पटक एसियाली खेलकुदमा सहभागी महिला फुटबलमा नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसंग २-० ले पराजित भएको थियो। लगातार दुई हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार दक्षिण एसियाली राष्ट्र बंगलादेशको सामना गर्ने छ।

पौडीमा हिटचरणबाटै बाहिर

पौडीमा पनि सोमबार नेपाली खेलाडीले हिट चरण पार गर्न सकेनन्। हाङ्झाउ स्पोर्टस सेन्टरको पौडी पोखरीमा भएको महिला २०० मिटर फ्रिस्टायलमा नेपालकी डुवाना लामा हिट चरणबाटै बाहिरिइन्। हिट-२ मा प्रतिस्पर्धा  गरेकी डुवाना २ मिनेट १६.२९ सेकेन्ड टाइमिङसहित आठ खेलाडी सहभागि हिटमा अन्तिम स्थानमा रहिन्। त्यस्तै पुरुष ५० मिटर फ्रिस्टायलमा एलेक्स शाह पनि आफ्नो हिटमा अन्तिम स्थानमा रहँदै बाहिरिए । उनले २४.१५ सेकेण्डको टाइमिङ निकालेका थिए।

एसियाडमा शीर्ष १० पदक जित्ने देश

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?