काठमाडौं- धार्मिक एवं परम्परागत महत्त्व बोकेको इन्द्रजात्रा पर्व सुरु भएको छ। भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिनदेखि सुरु हुने इन्द्रजात्रामा ठड्यइने यःसिं अर्थात् इन्द्रध्वज लिंगो मंगलबार हनुमाढोका दरबार परिसरमा ठड्याइएको छ। यससँगै इन्द्रजात्रा सुरु भएको हो।
नेपाल पञ्चांग निर्णायक समितिले दिएको साइतअनुरूप केन्द्रीय मानन्धर संघको टोली भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जंगलबाट लिंगो काटेर ल्याउने प्रचलन छ। विशेष गरेर काठमाडौं उपत्यकामा ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक सुरुवात इन्द्रको मूर्तिस्वरूप लिंगो ठड्याएर गरिन्छ।
देवराज इन्द्रकी आमा बसुन्धरालाई व्रतका लागि आवश्यक पारिजात फूल टिप्न छोरा जयन्तलाई पठाउँदा दैत्यले पक्राउ गरेको र जयन्तलाई छुटाउन देवता र दैत्यबीच सङ्ग्राम भई देवताको जित भएको खुशीयालीमा इन्द्रजात्रा मनाउने गरिएकाे किंबदन्ती छ।
लिंगो ठड्याएको दिनदेखि आठ दिनसम्म विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।
हेर्नूहोस् तस्बिरहरू:


भर्खरै
लोकप्रिय






































































































































































































