रातोपाटीका पत्रकार धामीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

रातोपाटीका पत्रकार धामीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ
+
-

काठमाडौं- रातोपाटीका पत्रकार कृष्णसिंह धामीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनमा आबद्ध प्रेम सिजापति रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताएका छन्। उनका अनुसार पक्राउ परेका सिजापति नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् ।

सिजापतिलाई कीर्तिपुरबाट पक्राउ गरिएको उनले बताए। सोमबार ५/६ जनाको समूहमा आएका आक्रमणकारीहरुले रातोपाटीको केन्द्रीय कार्यालय बखुण्डोल नजिकै धामीमाथि आक्रमण गरेर फरार भएका थिए । आक्रमणपछि उनीहरु मोटरसाइकल चढेर भागेका थिए। आक्रमणमा संलग्न मध्ये केही भने ट्याक्सीमा आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भदौ २६ मा विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले रातोपाटी र त्यसमा कार्यरत संवाददातालाई सजाय गर्ने धम्की दिएको रातोपाटीले बताउँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?