
काठमाडौं- आन्दोलनरत राहत शिक्षकहरूले राजधानी काठमाडौंको माइतीघर मण्डलाको मुख्य गेटको सडक अवरुद्ध गरेका छन्।
सरकार र नेपाल शिक्षक महासंघबीच भएको ७ बुँदे सहमति अमान्य रहेको जनाउँदै निरन्तर आन्दोलनरत शिक्षकहरूले आज बुधबार उक्त सडक अवरुद्ध गरेका हुन्।
उनीहरूले निरन्तर माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन्। यसअघि सोमबार उनीहरूले बानेश्वरमा पुगेर सडकमा सुतेर विरोध जनाएका थिए।
यतिबेला उक्त गेटमा राहत शिक्षको बाक्लो हुलले नारावाजी गरिरहेको छ।
तस्बिर: