काठमाडौं- इन्द्रजात्राको दोस्रो दिन बुधबार बसन्तपुरको हनुमाढोकामा जीवितदेवी कुमारीको विशेष पूजा गरिएको छ।
काठमाडौं उपत्यकामा विशेष रूपमा मनाइने इन्द्रजात्राअन्तर्गत आज करिब चार सय कुमारीको विशेष पूजा गरिएकाे हो।
विधिपूर्वक लिंगो ठड्याएसँगै सुरु हुने इन्द्रजात्रा हिजो मंगलबारदेखि सुरु भएको छ। आज दोस्रो दिन पूजाका लागि कुमारीहरू विशेष रूपमा सिंगारिएका थिए।
नेवार समुदायमा कुमारी पूजा गर्नाले सुख-शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहिआएको छ।
यस जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।
थप तस्बिरहरू:


भर्खरै
लोकप्रिय






































































































































































































