
काठमाडौं- यू-१९ साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत बिच जारी सेमिफाइनलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको छ। अब खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ।
पहिलो हाफमा घरेलु दर्शकमाझ भारतले अग्रता बनाएको थियो। दशरथ रंगशालामा जारी खेलमा भारतका साहिल खुर्सिदले गोलबाट भारतले अग्रता बनायो। २६ औं मिनेटमा मिडफिल्डबाट आएको लामो पास नेपाली डिफेन्स लाइनले क्लियर गर्न नसकेको बललाई सिक्स यार्डमा रहेका खुर्सिदले सहज फिनिस गर्दै भारतलाई अग्रता दिलाए।
त्यसपछि पहिलो हाफमा नेपालले केही सिमित अवसरमा गोलको प्रयास गरेपनि सफल भएन्। यद्यपि नेपालले ७४ औं मिनेटमा भारत विरुद्ध बराबरी गोल गर्यो। भारतका लागि समिर तामाङ्गले आकर्षक हेडमार्फत नेपाललाई बराबरीमा ल्याए। त्यसपछि दुबै टिमले गोलका केही सिमित अवसर बनाएपनि गोल गर्न चुक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको छ।