एमाले कोशी अधिवेशन आजदेखि

एमाले कोशी अधिवेशन आजदेखि
+
-

काठमाडौं-नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन शुक्रबार(आज) विराटनगरमा सुरु हुँदैछ। एमालेले यो अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

कोशी प्रदेशमा ९५ हजार १ सय ३९ जना पार्टी सदस्य रहेको एमालेमा अधिवेशनका लागि १३७ स्थानीय तह, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ।

हालसम्म ९९७ जना प्रतिनिधि चयन भइसकेका छन्। अब त्यसको पाँच प्रतिशत प्रतिनिधि चयन हुन बाँकी रहे पनि विवादका कारण चयन हुन सकेको छैन। अध्यक्षको लागि हालका अध्यक्ष तुलसी न्यौपाने र विनोद ढकाल दाबेदार हुन्।

एमाले प्रदेशको अध्यक्ष बन्न प्रदेश कमिटीका हालका अध्यक्ष न्यौपाने, केन्द्रीय सदस्य विनोद ढकालका अलवा नेताहरू घनश्याम खतिवडा र टीकाराम चेम्जोङ पनि छन्।
निर्वाचन हुने वा सहमतिमा नेतृत्व छान्ने अझै टुंगो लाग्न सकेको छैन।

शुक्रबार विराटनगरमा सुरु हुने प्रथम अधिवेशनको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ। अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार विराटनगरमा अधिवेशन उद्घाटन गर्दैछन्। अधिवेशनको सबै प्रक्रिया असोज १४ गतेसम्ममा सक्ने तयारी रहेको एमालेले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?