एमाले बागमती प्रदेश अधिवेशनमा मतदानको समय फेरि सर्यो

एमाले बागमती प्रदेश अधिवेशनमा मतदानको समय फेरि सर्यो
+
-

काठमाडौं-नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत आजका लागि तय भएको मतदानको समय पुनः सरेको छ। यसअघि तीन पटकसम्म निर्वाचन कार्यक्रम संसोधन भएकामा आज ८ बजेदेखि चुनाव हुने कार्यतालिका थियो।

तर उम्मेदवारको नामावली र क्लस्टर मिलाउन समय लागेकाले एमालेले पुनः निर्वाचन कार्यक्रम संसोधन गरेको हो।  संसोधित निर्वाचन कार्यक्रम अन्तर्गत मतदान आज बिहान साढे ११ बजेदेखि हुने भनिएको छ।

भृकुटीमण्डपमा जारी अधिवेशनको ‍मतदान भने पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। मतदान सकिएलगत्तै मगतणना सुरू हुनेछ। मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने कारण आजै मतपरिणाम सार्वजनिक हुनेछ।

२४० सदस्यीय प्रदेश कमिटीको पाँच पदाधिकारीमा मात्रै १८ जनाले उम्मेदवारी दिएका छन्। जसअनुसार नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिष्पर्धा हुने भएको छ। यसअघि पाँच जनाले प्रदेशको अध्यक्षमा उम्मेदवारी दिएका थिए।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुंगेलले उम्मेदवारी दिएका थिए। त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए।

सानु श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुडाथोकीले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन्। पाण्डेले ढुंगेललाई र श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गर्दै फिर्ता लिएका बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?