चीनले जित्यो १ सय ५ स्वर्ण सहित कुल २ सय पदक, अहिले सम्म ३१ राष्ट्रले जिते पदक

चीनले जित्यो १ सय ५ स्वर्ण सहित कुल २ सय पदक, अहिले सम्म ३१ राष्ट्रले  जिते पदक
+
-

काठमाडौं- १९ औं एसियाली खेलकुद प्रतियोगितामा आयोजक चीनले आफ्नो एकपछिय पदक अभियान जारी राखेको छ। चीनले प्रतियोगिताको सातौं दिन स्वर्णमा शतक पुरा गर्दै कुल २ सय पदक पुर्‍याउन सफल भयो।

चीनले कुल १०५ स्वर्ण ६३ रजत र ३२ काश्य सहित कुल २०० पदक जित्न सफल भयो। त्यस्तै जापान २७ स्वर्ण सहित ९९ पदकका साथ दोस्रो र कोरीया २६ स्वर्ण सहित कुल १०२ पदकका साथ तेस्रो स्थानमा रहेका छन्।

प्रतियोगितामा भारतले ८ स्वर्ण सहित कुल ३३ पदक जित्दै चौंथो स्थानमा रहँदा थाइल्यान्डले पनि ८ स्वर्ण सहित २० पदकका साथ पाँचौं स्थानमा रहन सफल भयो। त्यस्तै उज्वेकिस्तानले ७ स्वर्ण जित्दा हङकङ्ग, र चाइनिज ताइपेले समान ५-५ स्वर्ण जिते।

अहिले सम्म सहभागि ४५ मध्ये ३१ राष्ट्रले पदक जित्दा १४ राष्ट्र पदक विहीन रहेका छन्। दक्षिण एसियामा नेपाल, भुटान र माल्दिभ्स बाहेक सबै देशले पदक जितिसकेका छन्। बंगलादेश र पाकिस्तानले समान १-१ काश्य जित्दा श्रीलंकाले एक रजत जितेको छ। भारत  ८ स्वर्ण १२ रजत र १३ काश्य सहित अङ्क तालिकाको चौंथो नम्बरमा रहेको छ।

पदक तालिका

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?