सातौं दिनसम्म पदकविहीन नेपाल हाङझाउमा कस्तो खेल्दै छ?

सातौं दिनसम्म पदकविहीन नेपाल हाङझाउमा कस्तो खेल्दै छ?
+
-

काठमाडौं- अहिले सम्मकै ठूलो संख्यामा चीन पुगेका नेपाली खेलाडी एतिहासिक रुपमा झुर प्रदर्शनको सिकार भइरहेका छन्। प्रतियोगिता अन्ततिर अघि बढ्दा नेपाल पदक विहीन रहेको छ। लगातारको खराव प्रदर्शनले जम्बो टोलीमाथि अनेकन प्रश्नहरु खडा भएका छन्। अझ राखेप नेतृत्वको संघ खुसी पार्ने रवैयाको खुलेर आलोचना सुरु भएको छ।

चीनको हाङझाउ एसियाडमा नेपाली खेलाडीले पदक नजितेपनि लोभलाग्दो प्रदर्शन सम्म गर्न सकेका छैन्न्। नेपाली टिमको फराकिलो हारका कथा हरेक दिन तन्किन्दो छ। कुनैपनि टिमले प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेको छैन्। महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल शुक्रबार समूह ‘बी’ को अन्तिम खेलमा चाइनिज ताइपेईसँग  २२-२ को फराकिलोअन्तरले पराजित भयो। यो स्कोरले नेपाली खेलाडीको हैसियत देखाउँछ।  हरेक जसो खेलमा नेपालको अवस्था यस्तै छ। लगातार खराव प्रदर्शन जारी रहँदा प्रतियोगितामा नेपालले शुक्रबार पब्जी बाहेक सबै खेलमा लज्जास्पद हारको सिकार भयो।

पब्जीको सेमिफाइनलमा

हाङझाउ एसियाली खेलकुदमा इ-स्पोर्टसको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलचरण प्रवेश गरेको छ। शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ को खेलमा नेपालले दोस्रो स्थानमा रहेर सेमिफाइनल चरणमा प्रवेश गर्‍यो।

पौडी हिटचरणमै यात्रा अन्त गर्न बाध्य

पौडीमा शुक्रबार नेपालका नासिर याहा हुसेन हिट चरणबाटै बाहिरिए। हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर अक्वाटिक एरेनामा पुरुष चार सय मिटर फ्रिस्टाइलको हिट-२ मा उनले निर्धारित दूरी चार मिनेट २२.०२ सेकेण्डमा पूरा गरे। उनी आफ्नो हिटमा चौथो भएका थिए। उनी २५ मध्ये २२औं स्थानमा रहे। नासिरको इभेन्ट्ससँगै १९औं एसियाडमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ। पौडीमा नेपालबाट चार खेलाडीले आठ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

महिला बास्केटबलको यात्रा समूहचरणमै सकियो

महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल समूह चरणको सबै खेलमा पराजित भयो। जिओग्राफिक इन्फर्मेसन पार्क बास्केटबल कोर्टमा समूह ‘बी’ को अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग  २२-२ को फराकिलोअन्तरले पराजित भयो। नेपालले प्रतियोगितामा सबैभन्दा कम स्कोर यही खेलमा गर्‍यो। यसअघि नै जापान र काजकिस्तानसँग पराजित भएको नेपाल लगातार तेस्रो हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ। नेपाल पहिलो खेलमा जापानसँग २२-४ तथा दोस्रो खेलमा काजकिस्तानसँग १७-१० ले पराजित भयो।

ब्याडमिन्टनमा भारतसँग हार्दै बाहिरियो नेपाल

ब्याडमिन्टनको पुरुष टिम इभेन्टबाट नेपालको यात्रा क्वाटरफाइनलमै रोकियो। प्रतियोगिताको शुक्रबार जिम्न्याजिम हलमा भएको क्वार्टफाइनल खेलमा नेपाल भारतसँग ३-० को सेटमा पराजित भयो। नेपालका प्रिन्स दाहाल भारतका लक्ष्य सेनसँग २१-५ र २१-८ ले पराजित भयो। अर्को खेलमा भारतका श्रीनाथ नमाल्वरले नेपालका सुनील जोशीलाई २१-४ र २१-१३ ले पछि पारे। अर्को खेलमा विष्णु कटवाल भारतका मिथुनबाट २१-२ र २१-७ ले हारे।

ह्यान्डबलमा हङकङ्ग सँग निरीह नेपाल

ह्यान्डबलमा नेपाली महिला टोलीले हङकङसँग समूह ‘बी’ को खेलमा २७-१८ ले पराजित भयो। नेपालले हङकङलाई पहिलो हाफमा रोक्न सकेन। हङकङले पूर्ण रुपमा खेल नियन्त्रण राख्दा नेपालविरुद्ध १४-६ को प्रदर्शन गर्‍यो। दोस्रो हाफमा नेपाली महिला खेलाडीले गतिलो प्रदर्शन मात्र गरेन, हङकङलाई कडा चुनौति पनि दिएको थियो। दोश्रो हाफमा नेपालले १३-१२ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन।

गल्फमा शुक्रबाहादुर बाहेक सबै निरीह

गल्फमा पार ७२ को वेस्ट लेक इन्टरनेशनल गल्फ कोर्समा भएको पुरुष ब्यक्तिगत स्पर्धामा शुक्रबहादुर राई बाहेक अन्य खेलाडीले अघिल्लो चरणमा स्थान बनाएनन्। दोस्रो दिन शुक्रबार तीन अन्डर ६९ खेलेका शुक्रको ३६ होलमा पाँच अन्डर एक सय ३९ स्कोर छ। पहिलो दिन शुक्रले दुई अन्डर ७० को स्कोर कार्ड राखेका थिए । उनी समग्रमा २९औं स्थानमा रहँदै फाइनल चरणमा प्रवेश गरेका छन्।

नेपालले पदकको आशा गरेका सद्भाव आचार्य र सुवास तामाङको प्रदर्शन भने खराब रह्यो। समग्रमा इभनपार एक सय ४४ खेलेका सुवास र दुई ओभर एक सय ४६ खेलेका सद्भाव ब्यक्तिगत स्पर्धाबाट बाहिरिएका छन्। अर्का सहभागी युवराज भुजेल समग्रमा ११ ओभर एक सय ५५ खेल्दै बाहिरिए। नेपाल एसियाड गल्फको पुरुष र महिला टिम स्पर्धाबाट पनि बाहिरिएको छ।

एथ्लेटिक्स पनि हिटमै सिमित

एसियाली खेलकुदको महत्वपूर्ण र बहुप्रतिक्षित एथलेटिक्समा शुक्रबार नेपाल निरीह रह्यो। एसियाडको मुख्य रंगशालामा नेपालका सोमबहादुर कुमाल र महिलामा सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए। कुमालले ४ सय मिटर दौड ४८.६८ सेकेन्डमा पूरा गरे। हिटचरणमा सहभागी सात मध्ये उनी पाँचौ  भए। उनले दक्षिण कोरिया र कीर्गिस्तानका धावकलाई पछि पारे। नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठले दस हजार मिटरको दौड ३८ मिनेट ४०:१५ सेकेन्डमा पुरा गरिन। उनी हिटचरणमा आठ जना दौडिदा सातौं भइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?