
पोखरा- मणिपाल शिक्षण अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ परेका छन्।
सोमबार उपचारको क्रममा लमजुङकी एक महिलाको मृत्युभएपछि आफन्त तोडफोडमा उत्रिएका थिए।
सोमबार नै चिकित्सकमाथि हातपातमा संग्लन विनय गुरुङ पक्राउ परेका थिए।
शुक्रबार राति थप ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ।
न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए।
पक्राउ परेका उनीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन, २०६६ अनुसार म्याद थप गरेर अनुसन्धान गरिने उनले बताए।
लमजुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मणिपाल अस्पतालमा गत सोमबार मृत्यु भएको थियो।
बिहीबार राति मृतक पक्षधर र चिकित्सकबीच ६ बुँदे सहमति भएको थियो ।