स्वदेश फर्किए प्रधानमन्त्री दाहाल (तस्बिरहरू)

स्वदेश फर्किए प्रधानमन्त्री दाहाल (तस्बिरहरू)
+
-

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरे।

प्रधानमन्त्री दाहालकाे सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो।

उनी छेन्दुबाट सिधै काठमाडौं ओर्लिएका हुन्।

प्रधानमन्त्री दाहाल गत भदौ ३० मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका थिए। उनी उतैबाट असोज ५ गते चीन प्रस्थान गरेका थिए।

प्रधानमन्त्री दाहालले चीनमा राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए। उनी हाङझाउमा १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागी भएका थिए।

प्रधानमन्त्री दाहालले चिनियाँ जनकंग्रेसको स्थायी कमिटीका अध्यक्ष झाओ लिजी र समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गरेका थिए।

बेइजिङबाट छोङछिङ पुगेका उनले त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ता गरेका थिए। त्यसपश्चात् उनी कैलाश पर्वत र मानसरोबर गएर शुक्रबार छेन्दु पुगेका थिए।

प्रधानमन्त्री दाहालकाे भ्रमण टाेलीमाप्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायतका व्यक्तिहरू थिए।

हेर्नूहोस् तस्बिरहरू:

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष