
काठमाडौँ- पोखरास्थित मणिपाल अस्पतालमा चिकित्सक कुटिएको विरोधमा देशभरिका चिकित्सकहरुले आन्दोलन जारी राखेका छन्।
मणिपाल अस्पतालमा गत सोमबार एक बिरामीको निधन भएपछि तिनका आफन्तले चिकित्सकहरुमाथि हातपात गरेका थिए।
यसको विरोधमा देशभरिका चिकित्सकहरुले आन्दोलन गरिरहेका छन्।
राजधानीको माइतीघरमा शनिबार पनि चिकित्सकहरुले आन्दोलन गरेका छन्।
उनीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाहरुको सुरक्षाको माग गर्दै आन्दोलन गरेका हुन्।
तस्बिरहरु: