भारतलाई लगातार तेस्रो पटक यू-१९ साफ च्याम्पियनसिपको उपाधि

भारतलाई लगातार तेस्रो पटक यू-१९ साफ च्याम्पियनसिपको उपाधि
+
-

काठमाडौं- भारतले यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि तेस्रो पटक जितेको छ। काठमाडौंमा आयोजना भएको प्रतियोगिताको फाइनलमा भारतले पाकिस्तानलाई ३-० ले पराजित गर्दै उपाधि जितेको हो। पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा भारतले ३ गोल गर्दै पाकिस्तान विरुद्ध सहज जित हासिल गर्‍यो।

यसअघि भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो। यो उपाधिसँगै लगातार तेस्रो पटक च्याम्पियन बन्दै ह्याट्रिक गर्‍यो। २०१५ को पहिलो र २०१७ मा भएको दोस्रो संस्करणमा भने नेपाली यू-१९ टोली च्याम्पियन बनेको थियो।

जारी संस्करणमा पहिलो पटक फाइनलमा पुगेको पाकिस्तानविरुद्ध भारतले ६४ औं मिनेटमा पहिलो गोल गरेको थियो। उसका लागि सब्सिटिच्युट खेलाडी मागेलथाङ किपगेनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। ८५ औं मिनेटमा किपगेनलेनै ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए।

भारतले तेस्रो गोल इन्जुरी समयमा सम्भव बनायो। भारतका लागि तेस्रो गोल ग्वगवमसार गोयरीले सम्ब बनाए। सेमिफाइनलमा भारत र पाकिस्तान दुबै टोली टाईब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए। भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराएर फाइनलमा प्रवेश गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?