
पोखरा- प्रथम इन्टर कलेज ब्याण्ड कम्पिटिसनको उपाधि पोखरा लिंकन कलेजले जितेको छ।
पोखरा सांगीतिक कलाकार संघले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनलमा पोखरा लिंकन कलेजको ‘द लिंकन ब्याण्ड’ले जितेको हो।
फाइनल प्रवेश गरेका १० ब्याण्डलाई पछि पार्दै लिंकनले १ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
इन्फोमेटिक्स कलेजको ‘द इन्टरभल्स ब्याण्ड’ दोस्रो हुँदै नगद ५० हजार रुपैयाँ पाएको छ। ग्लोबल कलेजियटको ‘उत्वेग ब्याण्ड’ले तेश्रो हुँदै नगद २५ हजारमा प्राप्त गर्न सफल भयो।
उत्कृष्ट भोकलमा पोखरा लिंकन कलेजका रोमित गुरुङ, लिड गिटारमा कालिका माविका अनमोल थापा, रिदम गिटारमा इन्फोमेटिक्स कलेजका सन्दीप आले मगर, बेस गिटारमा ग्लोबल कलेजियटका अनुपम रिजाल र ड्रमरमा पोखरा लिंकनका विनोद सुनार उत्कृष्ट घोषित भए ।
उनीहरूले जनही ५/५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे।