पोखरा- फुस्रेखोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ फुस्रे खोलामा डुबेर बिरौटा बस्ने १६ वर्षीय क्षितिज बस्यालको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार बिकका अनुसार शनिवार दिउँसो खोलामा अड्किएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले शवको निकालेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेको छ।
मृतक बस्यालको बुबा र आमा दुवै जना विदेश रहेकाले ठुलीआमासँग बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।