रास्वपाप्रति पृथ्वीसुब्बा गुरुङको टिप्पणीः मुलुक बनाउने कुनै योजना नभएका चटकेहरुले पार्टी खोल्या’छन्

रास्वपाप्रति पृथ्वीसुब्बा गुरुङको टिप्पणीः मुलुक बनाउने कुनै योजना नभएका चटकेहरुले पार्टी खोल्या’छन्
+
-

पोखरा – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एकीकृत समाजवादी पार्टीले कम्युनिष्टकै बद्नाम गरेको बताएका छन्। उनले माधवकुमार नेपालले पार्टी खोल्नुको औचित्य पुष्टि हुन नसकेको उल्लेख गरे।

सोमबार नेकपा एमाले गण्डकीको पहिलो अधिवेशन उद्घाटन शत्रमा उनले भने, ‘आफूलाई एमालेभन्दा बढी क्रान्तिकारी भन्ने पार्टीहरुले यो मुलुकमा कम्युनिष्टको बदनाम गरेका छन्। जुन वर्गलाई समाप्त पार्नुपर्ने हो त्यही वर्गलाई काँधमा हालेर…।’

उनले घरमा सर्प पालेर अमृतको कल्पना गर्न नसकिने भन्दै गठबन्धन सरकारप्रति कटाक्ष गरे। ‘घरमा बाघको बच्चा पालेर सुरक्षित अनुभूति हुँदैन घरको मान्छेलाई, ठीक त्यस्तै भयो। यो मुलुकमा माओवादीले कांग्रेसलाई पाल्यो। माधव नेपालले कांग्रेसलाई नेता मान्यो’, पृथ्वीसुब्बाको प्रश्न छ, ‘यो मुलुकका जनताको हित कसरी गर्न सक्नुहुन्छ उहाँहरु? समाजवदाको आधारस्तम्भहरु कसरी तयार पार्न सक्नुहुन्छ उहाँहरु?’ उनले कम्युनिष्ट पार्टी कांग्रेससँग मिलेर राष्ट्रिय स्वधिनताको रक्षा गर्न नसक्ने जिकिर गरे।

माधवकुमार नेपालले पार्टी विभाजन गरेपछि नेकपा एमाले झनै एकीकृत र बलियो भएको बताए। एमालेमा अझै १० वर्षसम्म केपी शर्मा ओलीको विकल्प नरहेको उनको भनाइ छ। ‘कम्तीमा अझै १० वर्ष एमालेमा केपी ओलीको विकल्प छैन। स्वाधिनताको अभियान डगमगिन सक्छ। त्यसकारण केपी ओलीको नेतृत्व स्वीकार्नु सक्नुपर्छ’, उनले भने।

जनतामाझ उदाउँदै गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई त उपमहासचिव गुरुङले चटकेको संज्ञा दिए। राष्ट्रिय स्वतन्त्र पार्टीले नीति, कार्यक्रम र भिजन नभइकन युवापंक्तिलाई दिगभ्रमित पारेको उनको बुझाइ छ।

‘अहिले राजनीतिमा धेरै भ्रमहरु सिर्जना भइरहेका छन्। हाम्रा बाबुनानीहरु फेसबुक टिकटक हेर्छन र भ्रममा पर्छन्’, रास्वपाप्रति कटाक्ष गर्दै उनले भने, ‘राजनीतिमा चटकेहरुले पार्टी खोल्या छन्। जसको मुलुक बनाउने कुनै दर्शन छैन। मुलक बनाउन कुनै योजना, कार्यक्रम छैन। नीति, कार्यक्रम बेगर, योजना भिजन बेगरको पार्टी यो मुलुकलाई कुनै प्रगति गर्न सक्छ?’ उनले दुनियाँमा चटकेवाला पार्टी थुप्रै देखेको बताए।

गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले संघीयता कसैलाई मन परेन भनेर फेरि राजतन्त्रमा फर्कन नसक्ने बताए। संघीयतालाई बलियो बनाउन बरु केही सुधार गर्नुपर्ने उनको सुझाव छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?