देशसञ्चार चौतारीको यसपटकको संस्करणमा हामीले निम्त्याएका छौँ- नेपथ्य समूहका गायक अमृत गुरुङलाई। अमृतसँग देशसञ्चारका सहकर्मीहरुले उनको गायनयात्रा, गाउँमोह, सरलता तथा संगीत र जीवनका थुप्रै पक्षबारे अन्तर्क्रिया गरेका छौँ।
सम्भवत: अमृत नै एउटा यस्तो गायक हुन् जसले विश्वका विख्यात स्टेडियमहरुमा नेपाली गीत घन्काएका छन्। तीन दशक पुरानो नेपथ्यका अन्य सदस्य कताकता पुगिसक्दा पनि अमृत भने ब्यान्डलाई धानेरै बसिरहेका छन्।
सहरभन्दा गाउँमा बढी रमाउने तथा नेपाल र नेपालीलाई असाध्यै माया गर्ने अमृत कन्सर्टबाट फुर्सद भयो कि गाउँको गोठमा बसेर प्रकृतिको आनन्दमा डुबिहाल्छन्।
संघर्षबाट गुज्रिएर बुवाको इच्छाविपरीत गायनमा आइपुगेका उनै गायक अमृत गुरुङसँग गरिएको देशसञ्चार चौतारीको पूरा भिडियो: