एमसिसी सिइओ अर्थमन्त्रालयमा (तस्बिरहरु)

एमसिसी सिइओ अर्थमन्त्रालयमा (तस्बिरहरु)
+
-

काठमाडौं- अमेरिकी सहयोग परियोजना (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट होटल बसेरामा आयोजित दिवाभोजपछि मंगलबार दिउँसो अर्थमन्त्रालय पुगेकी छन्।

सिइओ अलब्राइटलाई भेट्न  अर्थमन्त्री प्रकाशशरण महत मंगलबार होटल बसेरा नै पुगेका थिए।

पाँच सय करोड अमेरिकी डलर अनुदान बराबरको एमसिसी नेपाल कम्प्याक्ट संघीय संसदबाट अनुमोदन भई गत महिना उक्त एमसिसी सहमति कार्यान्वयनको चरणमा प्रवेश गरेपछि एमसिसी प्रमुख नेपाल आएकी हुन्।

उनले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेकी छन्। त्यस्तै,  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार पार्टी कार्यालयमा भेटवार्ता गरेकी थिइन्।

कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि उनले सोमबार भेटेकी छन्।

होटल बसेरामा आयोजित दिवाभोजपछि अलब्राइट अर्थमन्त्रालय पुगेकी हुन्। उनी अर्थमन्त्रालयमा केहीबेर बसेर बाहिरिएकी थिइन्।

तस्बिरहरु:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष