
काठमाडौं- १९ औं एसियाली खेलकुद (एसियाड) मा सहभागी जनाउन चीनको हाङझाउ पुगेकाे नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएकाे छ।
टोली बिहीबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकाे हाे।
एसियाड गेममा सहभागी भइ स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो ।
एसियाडकाे पुरुष क्रिकेटतर्फ मंगलबार भएकाे क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियाे।
नेपालले समूहचरणमा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनको विश्व कीर्तमानी स्कोरले हराउँदै क्वाटरफाइनल प्रवेश गरेकाे थियाे।
हेर्नूहोस् तस्बिरहरू: