न्याय माग्दै आरती साहको परिवार

न्याय माग्दै आरती साहको परिवार
+
-

काठमाडौँ – आरती साहलाई न्यायको माग गर्दै पीडित परिवार धर्ना बसेको आज ११३ पुगेको छ। दाइजोको निहुँमा हत्या भएको भन्दै आरतीको परिवार विगत गत असार १ गतेदेखि निरन्तर काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेको हो।

यसैबीच उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति र ससुरालाई साधारण तारेखमा रिहा गरेको छ। मुख्य न्यायाधीश शारदा सुवेदी र किरणकुमार पोखरेलको संयुक्त इजलासले पति मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।

यसबिरुद्ध आरतीको परिवारले अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।

आरती साहकी आमा।

जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका– ९ थापाचोकमा मृत फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति र ससुरालाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

दुबैजनामाथि असार १ गते जिल्ला अदालत धनुषामा कर्तव्यज्यान मुद्दा सरकारी वकिलको कार्यालयले दर्ता गराएको थियो। त्यही मुद्दामा असार ५ गते जिल्ला अदालत धनुषाले पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

आरतीका बुबा विनोद साहले दिएको जाहेरीमा पति मोतिबाबु र ससुरा मदन मोहनले कर्तव्यज्यान गरेको भन्ने कुरामा आधार प्रमाण नदेखिएको उच्च अदालतको ठहर छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष