
काठमाडौँ – प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको शोकमा सोमबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।
लुम्बिनी विश्व शान्ति मञ्चलगायतले दीप प्रज्वलन गरेका हुन्। इजरायलमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्।
सरकारले मंगलबार शोक दिनको घोषणा गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले ७ जना विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ।