कोशी सरकारबारे राप्रपाले शुक्रबार निर्णय लिने

कोशी सरकारबारे राप्रपाले शुक्रबार निर्णय लिने
+
-

काठमाडौँ-कोशी प्रदेश सरकार गठनमा सहयोग गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पदाधिकारी बैठक आह्वान गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक आह्वान गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

बैठकमा कोशी सरकारबारे छलफल गरी आवश्यक निर्णय लिने राप्रपाको तयारी छ। कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि प्रक्रिया बढेको छ।कोशीमा ६ जना सांसद मात्रै भएपनि राप्रपा निर्णयक दल हो।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार बेलुकासम्मको समय दिएको अवस्थामा राप्रपाले सोहि दिन बिहान निर्णय लिने जनाएको छ।

६ जना सांसद रहेको राप्रपाको साथ लिएर सत्ता गठबन्धनले सरकार बनाउन कोशीस गरेको छ। तर राप्रपाले सरकार गठनमा सहयोग गर्ने वा नगर्ने भन्ने निर्णय शुक्रबार बिहान लिने जनाएको छ।

९३ सदस्यीय कोशी प्रदेश सभामा आवश्यक बहुमत सांसदको समर्थन जुटाउन नसक्दा नेकपा एमाले संसदीय दल नेता हिक्मत कार्की र कांग्रेस संसदीय दल नेता उद्धव थापा नेतृत्वका सरकार ढल्न पुगेका छन्।

संविधानको धारा १६५ को उपधारा ५ बजोजिम सरकार गठन हुन नसकेको खण्डमा कोशी प्रदेश सभा विघटन हुनेछ। सोहि डरले पनि दलहरु सरकार गठनका लागि विभिन्न प्रयासमा छन्।

माओवादीले राप्रपासँग साथ मागेको छ। प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग मंगलबारको भेटमा कोशी प्रदेशमा सघाउन आग्रह गरेका हुन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?