
काठमाडौँ- नेपाली नागरिक उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद बुधबार राति इजरायल जाने भएका छन्। आज राति जाने जहाजमार्फत परराष्ट्रमन्त्री इजनरायल जान लागेका मन्त्री साउदका प्रमुख स्वकिय सचिव दिपक जोशीले देशसञ्चारलाई जानकारी दिए।
यद्यपी आज राति इजरायल जाने जहाजले नेपाली विद्यार्थीको शव भने नल्याउने भएको छ। हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव आज गएको जहाजले नल्याउने परराष्ट्रम न्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्रालयले बुधबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता एवं सह सचिव सेवा लम्सालले यसको जानकारी दिएकी हुन्। यो सँगै इजरायलमा रहेका नेपाली विद्यार्थीको शव ल्याउन ढिला हुने भएको छ।
बुधबार राति नेपाल वायु सेवा निगमको जहाज इजरायल जाँदैछ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आज जाने २५० यात्रु क्षमताको जहाजले विद्यार्थीलाई प्राथमिकतामा राखेर नेपालीलाई फिर्ता लिएर आउने जानकारी दिइन्।
लम्सालका अनुसार अहिले इजरायल सरकारले नेपाल सरकारलाई नेपाली विद्यार्थीको शव हस्तान्तरण गरेको छैन।