
काठमाडौँ- कर्णाली प्रदेश सरकारले इजरायल आक्रमणमा ज्यान गुमाएकाको परिवारलाई तीन लाख दिने निर्णय गरेको छ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकारका एक मन्त्रीले देश सञ्चारलाई जानकारी दिए।
यहि असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय भन्ने स्थानमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा परि कर्णालीबाट शारदा नगरपालिका–३, सल्यानका २४ वर्षीय प्रवेश भण्डारीको मृत्यु भएको थियो।