
काठमाडौँ- इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको नेपाल एयरलाइन्स बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ।
बुधबार राति इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ।
उक्त जहाजले इजरायलमा उद्धार पर्खिरहेका १५८ नेपालीलाई फर्काउने छ।
सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट नेपाल फर्कने नेपालीहरुको हवाई खर्च बेहोर्ने भएको हो।
नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट इजरालयमा ज्यान गुमेकाहरुको शव भने नल्याइने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बुधबार जानकारी दिएकी थिइन्।