स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्दा धेरै नेता रिसाएः स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्दा धेरै नेता रिसाएः स्वास्थ्यमन्त्री बस्नेत
+
-

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेता आफूसँग रिसाएको बताएका छन्।

काठमाडौँमा शुक्रवार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केही कर्मचारी मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म बिरामी भएको भेटिएको भन्दै माथिल्लो पहुँचकै आधारमा काजमा बसेकाहरुको काज फिर्ता गराउन सफल भएको बताएका हुन्।

उनले आफूसँग रिसाएका नेता दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पुगेपछि खुसी भएको बताए। मन्त्री बस्नेतले देशभरि स्वास्थ्यका भवन शिलान्यास भए पनि एउटा पनि उद्घाटन नभएको बताए।

स्वास्थ्यका भवन बनेको ठाउँमा उपकरण र दक्ष जनशक्ति नै नभएको उनको भनाइ छ। मन्त्री बस्नेतले स्वास्थ्यमा कर्मचारीको निकै अभाव भएको भन्दै स्थायी दरबन्दी अगाडि बढाउने सिलसिलामा तत्काललाई करारमा भए पनि लिएर प्रक्रिया अघि बढाउने उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालय लामो समयदेखि क्रोनिकका रूपमा रहेको मन्त्रालय भन्दै यसलाई चिरफार गरेर मात्रै नहुने भन्दै ठूलै अप्रेसन गर्नुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?