
काठमाडौं- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन्।
प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकाे घोषणा गरे। प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गरेका थिए। शुक्रबार दुवैजनाकाे पक्षमा ४७-४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान सनाखतका लागि बाेलाएका थिए।
सनाखतमा कार्कीको पक्षमा बहुमत पुगेसँगै उनी मुख्यमन्त्री भएका हुन्।
कार्कीकाे पक्षमा कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदले कार्कीको पक्षमा हस्ताक्षर गरेका छन्।