प्रचण्डले चितवन पुगेर भने,‘कोशीमा सत्ता गठबन्धनकै सरकार बन्छ’

प्रचण्डले चितवन पुगेर भने,‘कोशीमा सत्ता गठबन्धनकै सरकार बन्छ’
+
-

काठमाडौँ–प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार बन्ने बताएका छन्। शनिबार चितवनस्थित भतरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्कीलाई स्वीकार गरेका हुन्।

प्रधानमन्त्री दाहालले कार्की अब सबैको मुख्यमन्त्री भएको भन्दै स्वीकार गरेका हुन्। प्रचण्डले नेकपा एमालेका सांसदहरूको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीआफूहरूको पनि मुख्यमन्त्री भएको बताएका हुन्।

‘अहिले कार्कीजी मुख्यमन्त्री बन्नुभएको छ। अब उहाँ हामी सबैको पनि मुख्यमन्त्री हुनुभयो। त्यसकारण त्यो समस्या जसरी सोचिएको र मिडियामा जसरी चर्चा परिचर्चा भएको छ, अब सेफ ल्यान्डिङ गरिएको छ,’ उनले भने।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच सत्ता गठबन्धनमा बेइमानी नगर्ने सहमति भएको छ।

कोशी प्रदेशमा गठबन्धनकै नेतृत्वमा सरकार बनेको हुँदा पनि आफूहरूले विश्वासको मत दिने उनले बताए।

‘राजनीतिमा चिसो(तातो भइराख्छ, अब कहिलेकाँही गठबन्धनभित्र विवाद हुँदा झन् बलियो भएर आउने पनि वातावरण बन्छ। हामीलाई के विश्वास छ भने आज बिहान भएको सहमतिले गठबन्धनलाई अझ बलियो बनाउन मद्दत गर्छ। विश्वासको मत दिने कुरा भइहाल्यो,उनले भने, ‘सर्वपक्षीय सरकार बनाउन असम्भव चाहि भन्दिनँ। तर तत्काल सर्वपक्षीय सरकार बन्ने देख्दिनँ। गठबन्धनकै सरकार बन्छ त्यहाँ।’

गठबन्धनको केन्द्रीय नेतृत्वको सहमति विपरीत कोशीमा कांग्रेसका शेखर कोइरालापक्षका केदार केदार कार्की शनिबार बिहान मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई नेकपा एमालेका ३९ र शेखर पक्षका ८ सांसदको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?