
एकदिवसीय विश्वकप क्रिकेटको आफ्नो तेस्रो खेला भारत विरुद्ध पाकिस्तानी ब्याटर निरीह भएका छन्। पाकिस्तान ४२.५ ओभरमा अलआउट हुँदै १ सय ९१ रनमा समेटियो।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान भारतीय बलरसामु खुलेर खेल्न असफल भयो। पाकिस्तानका लागि कप्तान बाबर अजामले ५० रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक मोहम्मद रिजवान ४९ रनमा पेभिलियन फर्किए। त्यस्ते अब्दुल्लाह साफिक २० रन बनाउँदा इमाम उलहक ३६ रनमा पेभिलियन फर्किए। तर मध्य र पछिल्लो क्रम समालिन नसक्दा लगातार विकेट पतनको सिकार भयो।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। भारतका पाँच बलरले समान २-२ विकेट लिएका थिए। जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दीक पाण्ड्या, कुलदीप यादव र रविन्द्र जडेजाले समान २-२ विकेट लिएका थिए।