
देश सञ्चार
असोज २७, २०८०
अ
+
अ
अ
-
मधेश प्रदेशको जनकपुरधाम घर भएकी साहिदा खातुन बालविवाह रोकथामका लागि काम गर्दै आइरहेकी छिन्। उनी आफू मुस्लिम समूदायकी हुन्। मुस्लिम समूदायमा प्रायजसो कम उमेरमै छोरीहरुको विवाह गरिदिने, छोरीलाई धेरै नपढाउने प्रवृति रहेको हामीले सुन्ने गरेका छौं। तर साहिदा भने यही समूदायमा रहेर पनि बालविवाह विरुद्ध काम गरिरहेकी छिन्।

